काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ।
सभामुखको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार उम्मेदवारहरूको मनोनयन तोकिएकोमा अर्याल मात्र एकल उम्मेदवार हुनुभएको कारण उहाँ निर्विरोध हुनुभएको हो। मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएको थियो।
आगामी आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारी प्रस्ताव पेश गरिने र सोही बैठकबाट अर्यालको निर्विरोध निर्वाचित घोषणा गरिने बताइएको छ।
उपसभापति अर्यालका प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपसभामुखमा दावी गर्ने भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया