सञ्चारमन्त्री तिमिल्सिना: विगतका गल्ती गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने

126 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउने तयारी गरिरहेको बताउनुभएको छ।

सिंहदरबारमा शुक्रबार आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले मन्त्रालयका बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरूलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारसँग रहेको उल्लेख गर्नुभयो।

मन्त्री तिमिल्सिनाले मुलुकको राजनीतिक अवस्था जटिल भए पनि निश्कलंक भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिइएको र सरकार कामकै चापमा रहेको पनि स्पष्ट पार्नुभयो।

साथै, उहाँले कर्मचारीहरूले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।