103
Shares
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना र विश्वासअनुसार अघि बढ्ने बताउनुभएको छ।
संघीय संसद सचिवालयमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिन क्रममा उहाँले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार काम गर्ने टिप्पणी गर्नुभयो। सांसद सिंहले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नहुने स्पष्ट पार्नुभयो।
उहाँले जनताले दिएका मतको सदुपयोग हुने गरी सरकार अघि बढ्ने बताउँदै, कामको प्रभावकारिता सुनिश्चित गर्न तीन महिनासम्म सुक्ष्म निगरानी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
सांसद सिंहले पार्टीले पनि सरकारको कामलाई प्रभावकारी बनाउने ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया