रास्वपाका सभापति रवि लामिछाने: शहीद र घाइते परिवारको न्याय पहिलो प्राथमिकता

118 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीदका परिवार र आमाहरूको पीडा प्राथमिकता पाउनुपर्ने बताउनुभएको छ।

उहाँले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई हुने उल्लेख गर्नुभयो। सञ्चारकर्मीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधमा पक्राउ गरियो कि? भन्ने प्रश्न गर्दा उहाँले जवाफ दिनुभयो कि न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको हो।

सभापति लामिछानेले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हक राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले आफ्नो पार्टी रास्वपा र नेताहरू सधैं ‘पब्लिक अडिट’ मा रहेको र हरेक निर्णय पारदर्शी र नागरिकको अपेक्षाअनुसार हुनुपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ।