सभामुखमा निर्वाचित भए संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्छुः उपसभापति अर्याल

103 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सिंहदरबारमा शुक्रबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताउनुभएको हो।

उपसभापति अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताउनुभयो। उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पार्नुभएको छ।

सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो। अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिवद्धता पनि दोहोर्‍याउनुभएको छ।