काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
शनिबार मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै मन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले जनतालाई तुरुन्त लाभ हुने र प्रतिफल देखिने गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले नवगठित सरकारको भावना अनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री तिमिल्सिनाले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधारका काम र दीर्घकालीन कार्ययोजनासहित अघि बढ्न उच्चपदस्थ अधिकारीलाई निर्देशन दिँदै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया