काठमाडौँ । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार ‘चयनमुखी’ भएको निष्कर्ष निकालेको छ ।
शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि जारी विज्ञप्तिमा कांग्रेसले एउटै घटना र एउटै प्रतिवेदनका सिफारिसमा पनि सरकारको व्यवहार फरक–फरक देखिएको जनाएको छ ।
विज्ञप्तिमा आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गर्ने तर अन्यमा तत्काल कार्यान्वयन र हतारमा पक्राउ गर्ने निर्णयले सरकारको व्यवहार ‘सेलेक्टिभ’ देखिएको उल्लेख गरिएको छ ।
कांग्रेसले भदौ २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिस हुँदाहुँदै पनि फरक ढंगले कार्यान्वयन गरिएकोप्रति आपत्ति जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया