काठमाडौँ — नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित ले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको सुरुवात गरेको आरोप लगाएका छन्।
पण्डितले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासनभन्दा द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिएका छन्। उनका अनुसार नेकपा (एमाले)ले यसविरुद्ध राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्नेछ।
उनले राजनीतिक प्रतिवाद सडक संघर्षमा मात्र सीमित नहुने उल्लेख गर्दै विभिन्न स्वरूपमा अघि बढ्न सक्ने बताएका छन्। साथै, पार्टीको बैठक बसिरहेको र निर्णय छिट्टै सार्वजनिक हुने जानकारी दिँदै कानुनी लडाइँ पनि लडिने स्पष्ट पारे।
पण्डितले पक्राउको निर्णयलाई दुर्भाग्यपूर्ण बताउँदै यसले देशमा अशान्ति निम्त्याउने दाबी गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया