ओली पक्राउविरुद्ध एमालेका निर्णय: देशभर विरोध प्रदर्शन

99 Shares

काठमाडौँ — नेकपा (एमाले)को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ।

बैठकले आम जनता र नागरिक समाजसँग सहकार्य गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। साथै, आज अपराह्न ३ बजे प्रत्येक जिल्लामा विरोध प्रदर्शन गर्ने र भोलि १५ चैतमा प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

सचिवालय बैठकका मुख्य निर्णयहरू अनुसार:

  • कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने
  • आज सबै जिल्लाको सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने
  • भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित विरोधपत्र बुझाउने
  • लोकतन्त्र र कानुनी राज्यका पक्षधर दल तथा नागरिक समाजसँग सहकार्य गर्ने

यसैबीच, नेकपा (एमाले) ले घटनालाई लिएर थप राजनीतिक तथा आन्दोलनका कार्यक्रम अघि बढाउने संकेत दिएको छ।