124
Shares
काठमाडौं — नेकपा (एमाले)का नेता विष्णु रिमाल ले अध्यक्ष केपी शर्मा ओली को पक्राउलाई सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत रिमालले पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै ओलीको गिरफ्तारी निन्दनीय भएको उल्लेख गरेका छन्। उनले राजनीतिक तथा कानुनी रूपमा यसको प्रतिवाद हुने बताएका छन्।
रिमालका अनुसार गौरीबहादुर कार्की आयोग को प्रतिवेदनलाई आधार बनाउँदा तत्काल पक्राउ आवश्यक नभएको र प्रक्रिया पनि पूरा नभएको दाबी गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया