गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर प्रहरी कार्यालय पुगे

183 Shares

काठमाडौँ — गृहमन्त्री सुधन गुरूङ आफैं गाडी चलाएर ललितपुरस्थित प्रहरी कार्यालय पुगेका छन्। केहीबेरअघि उनी त्यहाँ पुगेका हुन्।

यसअघि उनले केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए। त्यसलगत्तै उनी प्रहरी कार्यालय पुगेका हुन्।

उनी के कारणले त्यहाँ एक्कासि पुगेका हुन् भन्नेबारे प्रहरीले हालसम्म कुनै आधिकारिक जानकारी गराएको छैन।