काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ।
मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले विशेषज्ञ चिकित्सकबाट विस्तृत स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। स्वास्थ्य अवस्थाअनुसार थप उपचार तथा प्रक्रिया अघि बढाइने बताइएको छ।
जेन–जी आन्दोलनसँग सम्बन्धित आरोपमा पक्राउ परेका ओलीबारे छलफल गर्न नेकपा (एमाले) ले सचिवालय बैठक समेत बोलाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया