काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी चैत १२ गते बस्ने भएको छ। पार्टी सभापति रवि लामिछाने को निर्देशनमा बैठक आह्वान गरिएको हो।
पार्टी प्रवक्ता मनिष झा का अनुसार बैठक सोही दिन दिउँसो ४ बजे घण्टीघरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
बैठकको मुख्य कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय रहने जनाइएको छ। साथै, अन्य विविध समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया