काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धी आयोजनाहरूलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकतामा राखिएको जनाएको छ।
विश्व पानी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले लैङ्गिकमैत्री खानेपानी व्यवस्थापनका लागि सरकारले सबै स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन प्रणाली लागू गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार खानेपानी सेवामा सबैको पहुँच सुनिश्चित गर्न यस्तो प्रणाली आवश्यक रहेको हो। साथै, आयोजनाहरू आवश्यकता र प्राथमिकताका आधारमा तय गर्न सम्बन्धित निकायलाई सचेत गराइएको पनि बताउनुभयो।
मन्त्रालयले खानेपानी व्यवस्थापनलाई अझ प्रभावकारी र महिलामैत्री बनाउन प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै काम गरिरहेको पनि जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया