यस वर्ष वन डढेलोको जोखिम कम हुने अनुमान

187 Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले चालु आर्थिक वर्षमा वन डढेलोको घटना कम हुने सम्भावना रहेको बताउनुभएको छ।

काठमाडौंमा सोमबार आयोजित वन डढेलोसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस वर्ष भएको हिउँदे वर्षातका कारण डढेलोको जोखिम घट्ने संकेत देखिएको स्पष्ट पार्नुभयो। हिउँदे वर्षातका कारण वनमा रहेका पातपतिङ्गर कुहिने भएकाले प्राकृतिक रूपमा आगलागी हुने सम्भावना कम हुने उहाँको भनाइ छ।

सचिव शर्माले आकस्मिक आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनुभयो। साथै, वन डढेलोसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र यस क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।