एमाले सचिव बस्नेतविरुद्ध अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ माग्यो

167 Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्धको अदालत अवहेलनाको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले आइतबार बस्नेतसँग लिखित जवाफ माग्ने आदेश दिएको हो।

सचिव बस्नेतविरुद्ध गत बुधबार सर्वोच्चमा अवहेलनाको मुद्दा दायर भएको थियो। जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधिशहरूविरूद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बस्नेतविरुद्ध यो मुद्दा दायर गरिएको हो।

अधिवक्ता लबन न्यौपानेले सर्वोच्चमा विचारधीन रहेको मुद्दामा धारणा राखेको भन्दै बस्नेतविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नुभएको थियो।