काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ४८ रुपैयाँ र गोलभेँडा सानो (तराई) ५५ रुपैयाँ कायम भएको छ। आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ तोकिएको छ।
यसैगरी गाजर (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, बन्दा (नरिबल) २० रुपैयाँ र बन्दा (तराई) ४० रुपैयाँ रहेको छ। काउली (स्थानीय) प्रतिकिलो २५ रुपैयाँ र काउली (तराई) ३० रुपैयाँ कायम भएको छ। रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ तथा सेतो मूला (हाइब्रिड) २० रुपैयाँ रहेको छ। भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ तोकिएको छ।
त्यस्तै मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) ३५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ३० रुपैयाँ र घिउ सिमी (राजमा) ८० रुपैयाँ रहेको छ। टाटे सिमी प्रतिकिलो ४० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (तराई) ११० रुपैयाँ, घिरौँला ७० रुपैयाँ र पाकेको फर्सी ६५ रुपैयाँ कायम भएको छ। हरियो फर्सी (लाम्चो) र हरियो फर्सी (डल्लो) दुवै प्रतिकिलो १५ रुपैयाँ तोकिएको छ।
यसैगरी सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी १२० रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ६० रुपैयाँ र स्कुस ४० रुपैयाँ निर्धारण गरिएको छ। रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीसाग ३५ रुपैयाँ, मेथी ८० रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ र बकुला ४० रुपैयाँ तोकिएको छ।
समितिका अनुसार तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) १५० रुपैयाँ, च्याउ (डल्ले) ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो ८० रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजीवन १२० रुपैयाँ, कोइरालो ३५० रुपैयाँ, रातो बन्दा ४५ रुपैयाँ र जिरीको साग ४० रुपैयाँ रहेको छ। ग्याठकोभी ६० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सौफको साग ८० रुपैयाँ र पुदिना १६० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै गान्टे मूला प्रतिकिलो ५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १३० रुपैयाँ, तोफु १५० रुपैयाँ, गुन्द्रुक ३०० रुपैयाँ र रूखटमाटर प्रतिकिलो २८० रुपैयाँ कायम भएको छ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २०० रुपैयाँ, कागती २६० रुपैयाँ, अनार ३२० रुपैयाँ, अङ्गुर (हरियो) २२० रुपैयाँ र अङ्गुर (कालो) ३२० रुपैयाँ रहेको छ।
यसैगरी सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा (हरियो) ६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ र काँक्रो (लोकल क्रस) ५० रुपैयाँ तोकिएको छ।
खकटहर प्रतिकिलो १२० रुपैयाँ, नास्पाती (चाइनिज) २५० रुपैयाँ, मेवा (नेपाली) ७० रुपैयाँ, मेवा (भारतीय) १२० रुपैयाँ, लप्सी ३०० रुपैयाँ, किनु १३० रुपैयाँ, स्ट्रबेरी ४०० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ।
मसलातर्फ अमला प्रतिकिलो १२० रुपैयाँ, अदुवा ११० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी १०० रुपैयाँ, हरियो खुर्सानी (बुलेट) ९० रुपैयाँ, खुर्सानी (माछे) ७० रुपैयाँ र हरियो खुर्सानी (अकबरे) ९०० रुपैयाँ तोकिएको छ।
त्यस्तै भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, हरियो लसुन ७० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ, लसुन सुकेको (चाइनिज) २६० रुपैयाँ र लसुन सुकेको (नेपाली) २०० रुपैयाँ कायम गरिएको छ।
छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो ८० रुपैयाँ, माछा सुकेको १,००० रुपैयाँ, ताजा माछा (रहु) ३५० रुपैयाँ, ताजा माछा (बचुवा) २८० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ तोकिएको समितिले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया