काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४५ रुपैयाँ तथा गोलभेँडा सानो (भारतीय/तराई) ४० रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) २६ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३८ रुपैयाँ तोकिएको छ।
तरकारीतर्फ गाजर (लोकल) ६० रुपैयाँ, गाजर (तराई) ५० रुपैयाँ, बन्दा (लोकल) ५५ रुपैयाँ, बन्दा (तराई) ३० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, काउली (ज्यापू) ५० रुपैयाँ तथा मूला, भन्टा लगायतका तरकारीको मूल्य पनि फरक–फरक निर्धारण गरिएको छ।
यसैगरी सिमी, करेला, घिरौँला, लौका, फर्सी, भिन्डी, सखरखण्ड, स्कुस, रायोसाग, पालुङ्गो, तोरीसाग, मेथी, हरियो प्याज, च्याउलगायतका तरकारी तथा सागसब्जीको थोक मूल्य समेत सार्वजनिक गरिएको छ। च्याउमा कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३२० रुपैयाँ, केरा (दर्जन) १९० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ३३० रुपैयाँ, अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ४०० रुपैयाँ तथा सुन्तला (नेपाली) १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यसैगरी स्ट्रबेरी ५५० रुपैयाँ, किबी २६० रुपैयाँ, एभोकाडो ३५० रुपैयाँ, मेवा (नेपाली) ७० रुपैयाँ तथा मेवा (भारतीय) ११० रुपैयाँ कायम गरिएको छ।
मसला तथा अन्य उपजतर्फ अदुवा १२० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी १८० रुपैयाँ, अकबरे खुर्सानी ५५० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ तथा लसुन सुकेको (चाइनिज) २२० रुपैयाँ प्रतिकिलो तोकिएको छ। साथै ताजा माछा (रहु) ३४० रुपैयाँ, बचुवा २८० रुपैयाँ र छडी २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
समितिले बजारको माग–आपूर्तिको अवस्थाअनुसार मूल्य परिवर्तन हुन सक्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया