153
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ । कारोबार साताको अन्तिम दिन आज तोलामा ९ हजार २०० रुपैयाँ बढेसँगै सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएकोमा आज ३२० रुपैयाँले वृद्धि भइ प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया