काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य गिरावटको असर नेपाली बजारमा पनि परेकाले मूल्य घटेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर रहेको छ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै आज ५ हजार ८७० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो
फेसबुकबाट तपाईको प्रतिक्रिया