151
Shares
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन तोलामा १० हजार ४०० रुपैयाँ बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पनि ऐतिहासिक नै थियो ।
चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया