123
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्यमा बिहीबार भने गिरावट आएको हो । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा किन्न पाइनेछ । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँ थियो, जुन बुधबारसम्मकै उच्च थियो ।
त्यस्तै, चाँदीको मूल्य आज ५ हजार ४८५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा १७० रुपैयाँले घटेको हो । बुधबार ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया