प्रधानमन्त्री सुशिला कार्कीका प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

211 Shares

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीका प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीकै प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

रावल यसअघि प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजकको रूपमा कार्यरत थिए। लामो समयदेखि प्रधानमन्त्रीसँग नजिक रहेर सञ्चार समन्वयको जिम्मेवारी सम्हाल्दै आएका रावललाई औपचारिक रूपमा प्रेस सल्लाहकारको जिम्मेवारी दिइएको हो।

प्रेस सल्लाहकार नियुक्त भएसँगै अब रावलले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्नेछन्।