73
Shares
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
बढुवा समितिको सोमबार बसेको बैठकले डीएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल रहनुभएको छ।
बैठकले डीएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामतीलाई पनि एसपीमा बढुवा सिफारिस गरेको छ।
त्यसैगरी, प्रहरी प्रधान कार्यालयले हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दीपक भारतीलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया