राजु पाण्डे काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा, बालेन शाह पनि राजीनामाको तयारीमा

101 Shares

काठमाडौँ । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा लागेको चर्चा चलेको छ।

मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा पाण्डे रहेको बालेन निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेका छन्।

यता, सेतोपाटीसँगको कुराकानीमा पाण्डेले मेयर शाहले पद छाडेपछि आफू महानगरपालिकामा नरहने स्पष्ट पारेका छन्। तर प्रतिनिधि सभाको उम्मेदवार बन्नेबारे भने उनले औपचारिक रूपमा पुष्टि गरेका छैनन्।

मेयर बालेन शाह पनि माघ ४ गते पदबाट राजीनामा दिने तयारीमा रहेको बताइएको छ। काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि उम्मेदवारी दिने तयारीमा छन्।

राजनीतिक वृत्तमा पाण्डेलाई गगन थापासँग प्रतिस्पर्धामा उतार्ने र मेयर शाह स्वयं भने अर्को निर्वाचन क्षेत्रबाट चुनाव लड्ने चर्चा चलिरहेको छ।