जेनजी आन्दोलनसम्बन्धी स्थान हदबाट ओली फुकुवा

210 Shares

काठमाडाैं । जेनजी आन्दोलनका क्रममा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोधपुछ प्रक्रिया सम्पन्न भइसकेकाले अध्यक्ष ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का तथा काठमाडौं उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको हो।

अध्यक्ष ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा साढे दुई घण्टा बयान दिएका थिए भने जाँचबुझ आयोगसमक्ष लिखित बयानसमेत बुझाइसकेका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले यसअघि मन्त्री, सुरक्षा निकायका प्रमुखलगायतसँग पनि बयान लिइसकेको छ।

ss.webp