रवि लामिछानेसहित ४ जनालाई ६० लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश सदर

202 Shares

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चारजनालाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ।

अदालतले जिल्ला अदालतकै आदेशमा परिवर्तन आवश्यक नदेखिएको भन्दै पुर्पक्षका लागि धरौटी माग गर्ने निर्णय उचित ठहर गरेको जनाएको छ। यससँगै रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाले धरौटी बुझाएर मुद्दा लड्न पाउने भएका छन्।

लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका ५ हजार ५०० भन्दा बढी बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ ठगी गरेको आरोपमा २०८१ पुस २१ गते मुद्दा दायर गरिएको थियो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार निर्णय गरेको जनाएको छ।

rabi-chabi.webp