पूर्वराष्ट्रपति भण्डारीद्वारा जेनजी आन्दोलनमा क्षति पुर्‍याइएको संसद् भवनको अवलोकन

248 Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीले क्षति पुर्‍याएको सङ्घीय संसद् भवनको आज अवलोकन गरेकी छन्। जेनजी आन्दोलनको क्रममा आगजनीका कारण क्षतिग्रस्त भएको भवनको अवस्था बुझ्न भण्डारी बिहीबार दिउँसो त्यहाँ पुगेकी हुन्। उनले सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने हल लगायतका क्षेत्रहरूको अवलोकन गरेकी थिइन्। सो अवसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पनि उपस्थित थिए ।