काठमाण्डौ – आज शेयर बजार कारोवार अबधिभर उतारचढावका बीच बन्द हुने बेलामा सामान्य घटेको छ । हिजो चार दशमलव २८ प्रतिशतले घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ४४ दशमलव ७० विन्दुमा झरेको छ । आज बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटेकोमा बाँकी समूहको शेयर बढेको छ । आज ग्रिन भेन्चर लिमिटेडको शेयरमा नौ प्रतिशत भन्दा धेरैले घट्यो । शेयर बजारमा सामान्य गिरावट आएको दिन ६ वटा कम्पनीको शेयरमा १० प्रतिशतको बृद्धीपछि सकारात्मक सर्किट लागेको छ । शेयर बजारसँगै आज कारोवार रकम पनि सामान्य घटेको छ । हिजो ४ अर्ब ७१ करोड रुपैयाँको कारोवार भएकोमा आज तीन सय २४ वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया