सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घट्यो

48 Shares

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँ थियो ।