वीर अस्पतालको सेवा निजीको भन्दा कम छैनः स्वास्थ्यमन्त्री गौतम

336 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले कुनैपनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको बताएका छन् । सोमवार अस्पतालको अनुगमनमा पुगेकी उनले वीर अस्पतालको सेवा कुनैपनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरेकी छन् ।  आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको आधारमा पनि वीर अस्पतालको सेवा अन्य अस्पतालको भन्दा कम नभएको मन्त्री गौतमको दाबी थियो । मन्त्री गौतमले वीर अस्पतालको सेवालाई विस्तार गर्न भक्तपुरको दुवाकोटस्थित जग्गामा भवन बनाएर काम गर्ने सोच पनि आफूले बनाएको बताएका छन् ।उनले प्रादेशिक अस्पतालहरुको क्षमता विस्तारमा पनि लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।