काठमाडौं । निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमुलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो ।
भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ । निर्माणजन्य कार्यमा असुरक्षाको महशुस हुने वातावरण भएको भन्दै व्यवसायीहरुले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तिब्रता दिन लागिएको र उश्रृङ्खल तत्वबाट बाधाअड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभुति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
अध्यक्ष सिंहकाअनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताए । व्यवसायीहरुले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया