अहिलेको सरकार आगजनी, तोडफोड र लुटमारको जगको बनेको होः ओली

73 Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको आरोप लगाएका छन् । 
शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले  सो जिकीर गरेका हुन् । अध्यक्ष ओलीले सरकारलाई संविधानले नचिनेको समेत दोहो¥याए । उनले जनताको अभिमतबाट बनेको प्रतिनिधि सभा भंग गर्ने अधिकारी सरकारलाई कसले दियो भनि प्रश्न समेत गरे । उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको दावी समेत गरे । अध्यक्ष ओलीले मुलुकमा सरकारले प्रतिसोध साँध्ने खालको व्यवहार प्रर्दशन गरिरहेको समेत बताए ।