काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले वृहत वामपन्थी एकता आवश्यक रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । संघिय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न वृहत वामपन्थी एकताको आवश्यकत्ता रहेको उनले बताएका छन् । उनले समाजवादी मोर्चामा आवद्धहरु छिट्टै एकता घोषणाको तयारीमा रहेको पनि जानकारी दिए । देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधिनता रक्षा र सुढृडिकरको निम्ति देशभित्रका सबै वामपन्थीहरु मिल्नुको विकल्प नभएको उनको भनाई छ । उनले देश ठूलो संकटमा परेकोले राष्ट्रिय संकट, राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य रहेको उल्लेख गरे । उनले यति ठूलो संकट यसअघि कहिल्यै नदेखिएको पनि बताए । वामपन्थीशक्तिसँगै देशभक्त लोकतान्त्रिक शक्तिहरुसँग पनि मोर्चाबन्दी गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया