प्रेस युनियन काभ्रेद्धारा वार्षिक साधारण सभा सम्पन्न

80 Shares

काठमाडौं,१ कार्तिक । नेपाल प्रेस युनियन काभ्रेको सदस्यता विशेष अभियान समापन साधारण सभा सम्मान तथा शुमकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको बनेपामा शनिवार भएको सो साधारण सभामा प्रमुख अतिथिमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल रहेको थियो । कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरु लगायत विशिस्ट व्यक्तिहरुलाई सम्मान गर्र्दै प्रेस युनियानले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेका हुन् । सभालाई सम्वोधन गर्दै युनियनका अध्यक्ष लम्सालले नेपालको पत्रकारिता राजनीतिक दल भन्दा अलग बस्न सकिदैन भन्ने कुरा स्वीकार गर्न नसकिने बताए ।उनले नेपाल प्रेस युनियन नेपाली कांग्रेसको सुभेक्षुक संस्था मात्र भएको पनि बताए । नेपाल प्रेस युनियन कुनै पनि पार्टीको जनवर्गीय संगठन नरहेको स्पष्ट पारे ।