काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पती छानविन गर्न सरकारसँग माग गरेको छ ।
कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीको पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो ।
शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पती छानविन गर्न सरकारलाई दबाब दिए ।
उनले भ्रष्टाचार गरेका सबैको सम्पती छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया