विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल गर्नु हुँदैनः सञ्चारमन्त्री खरेल

136 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताएका छन् । 

मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताए । वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गरे । 

सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । वर्तमान सरकार जेन जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गरे । 

मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरुको सरकार रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्टिय समर्थन प्राप्त सरकार भएको जिकिर गरे ।