भियतनाममा बुआलोई आँधीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, १३ जना अझै बेपत्ता

233 Shares

काठमाण्डौ । भियतनाममा बुआलोई आँधीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । १३ जना अझै बेपत्ता छन् ।

३३ जना घाइते भएको स्थानीय दैनिक पत्रिका न्हान डान (पिपल) ले रिपोर्ट गरेको छ ।

आँधीले धेरै सार्वजनिक पूर्वाधार, घर, माछा मार्ने जहाजमा क्षति पु¥याएको छ । साथै उत्तरी र मध्य भियतनाममा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आँधीपछिको अवस्था र त्यसपछिको बाढीलाई तुरुन्तै सम्बोधन गर्न अधिकारीहरूलाई आग्रह गरेका  छन ।