काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले गएको भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
यस्तै प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी ज्यान गुमाएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि उल्लेख गर्नुभयो ।
घाइतेहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया