शेयर बजार २७ अंकले घट्यो

327 Shares

काठमाण्डौ । लगातार दुई कारोबार दिन बढेको शेयर बजार बुधबार घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८९ अंकले घटेर २ हजार ६ सय ५४ दशमलव ३५ विन्दुमा झरेको छ ।

बुधबार होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ । 

बुधबार एक सय ९३ वटा कम्पनीको शेयर घटेकोमा ५३ वटाको बढेको छ । यस्तै दुई वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

बुधबार उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३८ प्रतिशतले घटेको छ । 

समग्रमा बजार घटेको दिन माथिल्लो मैलुनखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

हिजो ५ अर्ब २९ करोडको कारोबार भएकोमा बुधबार ३ सय १७ वटा कम्पनीका ९४ लाख ८ हजार कित्ता शेयर ४ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।