सुनको मूल्यमा नयाँ किर्तीमान,तोलाको दुई लाख २३ हजार

235 Shares

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ ।