सुनको भाउमा नयाँ कीर्तिमान: कतिमा हुँदैछ कारोबार ?

256 Shares

सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो । 

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।