225
Shares
काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।
सुन आज एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रवार सुन तोलाको दुई लाख १६ हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर तोलाको दुई हजार छ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
गत शुक्रवार चाँदी तोलाको दुई हजार पाँच सय ८० रुपैयाँ थियो
फेसबुकबाट तपाईको प्रतिक्रिया