शेयर बजारमा दोस्रो पटक नकारात्मक सर्किट ब्रेक

406 Shares

काठमाण्डौ । जेनजी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । 

कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर २० मिनेटपछि पुनः खुलेकोमा पाँच प्रतिशतले घटेर फेरि रोकिएको छ । 

कारोबार खुलेको पहिलो एक घण्टाभित्र चार प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । त्यसपछि २० मिनेटमा खुल्ने र पाँच प्रतिशत घटेपछि पुनः कारोबार स्थगित छ । 

सर्किट ब्रेक लाग्दा एक सय सात अंकले नेप्से घटेर २५६५.४३ बिन्दुमा झरेको थियो । नकारात्मक सर्किट लागेर पुनः खुलेपछि पनि बजार घट्ने क्रम रोकिएको छैन ।