सुनचाँदीको भाउले तोड्यो रेकर्ड

279 Shares

काठमाण्डौ । सुनको भाउले फेरि रेकर्ड तोडेको छ ।

सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

गएको शुक्रवार तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको सुनको भाउ अस्ति आइतबार र हिजो केही घटेको थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ । 

हिजो चाँदीको भाउ तोलामा दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

सुनको भाउ उच्च रहेको दिन गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ मात्रै थियो ।