काठमाडौं । शुक्लाफाँटा नगरपालिका–८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ ।
संगठित रुपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आज उनीहरुलाई हटाएको हो ।
सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए ।
स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उहाँले बताउनुभयो । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो ।
उल्टै अतिक्रमणकारीहरुले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पु(याएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया