प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच दुईपक्षीय भेटवार्ता

321 Shares

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शाघांई सहयोग सङ्गठन एससिओको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरूमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।