रुससँगको युद्धले युरोपेली देशको शस्त्र भण्डार घट्दै , जर्मनीमा नयाँ कारखाना सञ्चालनमा

249 Shares

एजेन्सी । रुससँगको युद्धले युरोपेली देशको शस्त्र भण्डार घट्दै गएको अवस्थामा जर्मनीमा नयाँ कारखाना सञ्चालनमा आएको छ ।

यो कारखाना युरोपकै सबैभन्दा ठूलो हतियार उत्पादन केन्द्र दाबी गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । पाँच वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको यो कारखाना एक वर्ष आठ महिनामै निर्माण सम्पन्न भएको हो । 

अहिले यसले एक सय ५५ मिलिमिटरका गोला बारुद उत्पादन गर्न थालिसकेको खबरमा उल्लेख छ । कारखानाका प्रमुख कार्यकारी अधिकृत आर्मिन पाप्परगरले महत्त्वपूर्ण काम भएको बताउनुभएको छ । 

उहाँले यस वर्षभित्रै युक्रेनलाई २५ हजार गोला बारुद आपूर्ति गर्ने वाचा गर्नुभएको छ । सन् २०२७ सम्म यो कारखानाले तीन लाख ५० हजार गोलाबारुद उत्पादन गर्ने लक्ष्य राखिएको खबरमा उल्लेख छ ।