काठमामडौं । नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीन जना कार्यालय प्रमुखको सरुवा भएको छ ।
सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुई वर्षमा कार्यालय प्रमुख तथा अधिकृत स्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ ।
सरुवाले कार्यालयको काममा प्रभावकारी रूपमा व्यवस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरूको गुनासो छ । वर्तमान कार्यालय प्रमुखले निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान भएको तर आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुने गरेको कर्मचरीको गुनासो छ ।
सो कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलियम व्यवसायी तथा कर्मचारीबिचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइएको छ ।
सो कार्यालयले निगमको अमलेशगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पहरूमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको छ ।
सो कार्यालयले करिब ८० ट्र्याकङ्रमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको बताइएको छ । ट्र्याकङ्रको ढुवानी खर्च निगमले उपलब्ध गराउने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया