एजेन्सी । इजरायली अधिकारीहरूले गाजा सिटीमा आक्रमणलाई निरन्तरता दिने बताइरहेका बेला भोकमरीबाट मर्नेहरुको संख्या पनि बढी रहेको छ ।
इजरायली सेनाले गाजा सिटीमा भारी मात्रामा हवाई र स्थल आक्रमण बढाएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार कम्तीमा आठ जनाको भोकमरीका कारण मृत्यु भएको पुष्टि गरेको छ, जसमा एक बालबालिका पनि छन् ।
योसँगै मार्च २०२५ यता भोकमरीबाट मृत्यु हुनेको संख्या २८१ पुगेको छ, जसमा ११४ बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर २०२३ यता इजरायली हवाई आक्रमण र गोलीबारीबाट गाजामा ६२ हनार भन्दा बढी मानिसको मृत्यु भइसकेकोछ ।
गत हप्ता काट्जले आक्रमण योजनाहरू स्वीकृत भएको र हमासले इजरायलको शर्तहरू, जसमा सबै बन्धकहरूको रिहाई र गाजामा इजरायलको स्थायी सुरक्षा नियन्त्रण समावेश छ, नमाने गाजा सिटी ध्वस्त पार्ने चेतावनी दिएका थिए ।
इजरायली सेनाले उत्तरी गाजा पट्टीको जबालिया क्षेत्रमा आक्रमण विस्तार गरेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया